कबयत्री दीप्स् शाह, उनको आगो र मेरो शुभकामना!


मानिस बिभिन्न लक्ष्य रेखामा दौडेपनि जन्मभुमीप्रतिको सम्झनाका तरेली एबं उनै प्रतीको चिन्तनले मात्र जन्मिन्छ यस्ता सोंचहरु जुन समापनमा हैन शुरुवातमा धेरै लेप लाग्छन / यस्तै शुरुवातको झिल्का लाई मैले यो दुईशब्द बिस्तार गरिदिएँ / भिन्न भिन्नै गोरेटो भएपनि एउटै भावना बोकेर जिन्दगीको खुड्किलो उक्लने क्रमहरुमा मानव केही असल सोंच भाव खोज्छ। जिबनलाई परिभाषा दिने उनैको परिभाषाबाट केही आशा गरिन्छ/ यस्तै परिभाषाको उपज एउटा "आगो" मैले आज भन्दा 5 महिना अगाडी उनै हस्तीको हात बाट प्राप्त गर्ने सुअवसर प्राप्त गरें जो स्वयमबाट सृजित थियो। मा खुशीको सिमा रहेन। दीप्स शाह एउटा हिमाल,उहाँबाट जति पनि छुटेका हिमनदी रुपी भावहरु कहिले खोंच, कहिले कुइनेउटा, कहिले अग्लो पहाडदेखी खस्दै, एउटा सिंगो जीवनको प्रतिनिधित्व गर्दै आज सम्पुर्ण पक्षलाई सम्हालेर अँगालेर काब्यिक विम्वबिधान भित्र उभिएर, जति पनि यहाँ आफ्ना प्रेरक भावहरु पोख्नुभएको , आफ्ना भोगाईको रेखाहरु कोर्नु भएको त्यो भोगाई देश दुख्नुको पिंडा सिंगो जिबन दर्शन देख्छु उहाँको काब्यिक संगालो भित्र। "आगो" ३६ टुक्रा भाव भित्र लपेटिएको एउटा राप मैले पाएँ। जति भेटें ति यो युगको एउटा नयाँ मोड हो, एउटा नयाँ युगलाई नयाँ सोँचको खास्टो ओडाएर निद्रा बाट ब्युँझाउन गरिएको आह्वान हो। जतिपनि चेतनशिल बर्गबाट यो रापिलो "आगो" समाजको त्यो कुना-कुनामा पुग्न जरुरी सम्झन्छु यो कोई अर्धचेतन प्राणीमा यसको न्यानो, आगो भित्रका मैले भेटेको त्यो अनुभुति जुन , त्यो अनुभुतिका रंगहरू केवल शहरका गल्लीहरूमा मात्र नभएर गाउँका कुना काप्चाहरुमा पुग्न जरुरी छ।कपोकल्पित भावमा केवल खोक्रो यथार्थ पाइन्छ भने, दीप्सका प्रत्येक समाबेशी आवाज भित्र गुञ्जयमान तरंगहरू छन। कपोकल्पित अश्लिल शाब्दिक भावका बिम्व हैनन। मेरो नजर सम्पुर्ण अग्रजवर्गहरूको नजरले खुट्ट्याएको त्यो कलमी चाप बर्तमान परिपेक्ष्यको तितो अनुभुती एबं बाङ्गाटिङ्गा सामाजिक परिपेक्ष्यलाई समतलको आग्रह गर्दै उठाइएको एउटा स्वर्णीम खम्बा भन्छु त। उहाँको आवजहरू अझै गुञ्जयमान हुँदै निलगगन चोमोलुङ्माको शिरमा ताज भैरहोस यहि शुभकामना लगायत भोजपुरे ब्लग परिवारको तर्फबाट शुभकामना !...........
"अर्धजीबित धुकधुकीको
साङ्लोमा जकडित परम्परा,
हुकुममा कथित ठेलीहरू
एक पन्ना पल्टाएर हेरी उदघोस गर्छु,
आउनेछु पुन निर्माणको अक्षरसँगैआगोको झिल्का बोकेर" ......+++
बिभिन्न रंगहरुमा त्यो अन्धो समाजमा चेतना को बिऊ छर्न सकोस यो हुर्हुरिएको आगोले।

भोजपुरे बिबिध : बुद्द दिबस बिस्वब्यापी नेपालि ऐक्यबद्दता


२०१२/०४/२८ "लुम्बिनी - कपिलवस्तु दिवस अभियान इजरायल रास्ट्रिय समिती" गठन मिना बान्तवा राई "मृदु" को संयोजकतामा सम्पन्न भयो ---------बिस्वमा नै छरिएर रहेका हामी नेपाली आज इजरायलमा पनि केहि संख्यमा रहेका छौँ आज भारतले जुन फैलाई रहेको बुद्द जन्म स्थलको बारेमा गौतम बुद्ध भारतमा जन्मेको हो भन्ने बिस्व ब्यापी झुठ कुराहरु मिडियाहरुमा, फिल्महरुमा, संसारका म्युजियमहरुमा, र कपिलबस्तु भन्दा २० किलो मिटर गडूवा दह भन्ने ठाउमा कपिल बस्तुको जस्तै हु-बहु २०१२ सालमा बनाई सक्ने गरि योजना गरि बनाई सक्नु लागेको र बुध भारतमा जन्मेको हो भनि भारतले दाबी गरेको छ , आज यो एउटा रास्ट्रकै समस्या बन्नु पुगेको छ त्यो हो भारतीय हेपाहा मिचाहा विस्तारबाद, यो नयाँ हाल सालको कुरा हो नेपाली गभर्नरले नेपाली १००/ रुपैयाँको को नोटमा बुद्धको फोटो राख्ने योजना मात्र गरेको थियो | भारतले आफ्नो पत्रिकामा छापी हालेछ "नेपालका नोट पर देखेगा भारतका गौरब" भनि भारतीय रास्ट्रको लोगो देखाई पत्रिकामा यसरी छापेको थियो, एशिया महाँ देशमा मात्र ७० हजार म्युजियमहरु रहेका छन ति मध्य लण्डनको सेन्ट्रल म्युजियममा ६० लाख मनिसहरु वर्षमा भ्रमण गर्नु आउने रहेछन, गौतम बुद्धको जीवनी भारतमा जन्मेका हुन् भनि हर म्युजियमका सिला लेख, जीवनीमा लेखेको छ भने बिस्वमा कति म्युजियम होलान र ति पर्यटकहरुको भारतले मान हानी गरि रहेको छ यसरी यस्तो बिस्व ब्यापी नै भ्रम फैलाउने काम गरेको छ भारतले तर हामी नेपालीहरुलाई कति पयालाई थाहा पनि छैन त्यही नजिकै अर्को नक्कली बुद्दको स्थापना भै रहेको छ भनेर कतिलाई थाहा भए पनि वास्ता छैन | कतिलाई थाहै छैन त्यसकारण आज स्थानीय स्तर बाट रास्ट्र स्तर बाट बिस्व बाट नै आवाज हामी नेपाली एकतामा बाँधिएर संगठित हुन् एकदम अति आवस्यकता देखिएको छ, बुद्द गौतमको जन्म स्थलको बारेमा कतै साथी भाइमा कुरा छलफल निकाल्दा बुद्द नेपालमा जन्मेको हो, मात्र भन्ने र भारतले यसो गर्नु मिल्दैन मात्र भन्ने सम्म छन, एक हुनु पर्छ ल अब यसको लागि के गरुँ ? अब यो परिस्थितिलाई यसो मात्र भनेर नमिल्ने संगठित सुत्रमा बाँधिनु पर्ने हुँदा अरु विभिन्न रास्ट्रमा यो समिती खडा हुदै आइरहेको १३ ओटा देशमा रास्ट्रिय समिती खडा भै सकेको छ र यो हाम्रो १४ औ समितीमा पर्नु जाने भएको छ हाम्रो "लुम्बिनी-कपिलवस्तु दिवस अभियान इजरायल रास्ट्रिय समिती" को इजरायलमा पनि एउटा समिति गठन गर्ने प्रचार-प्रसार गर्दै लैजाने भोलेनटियरको रुपमा विकास गर्दै लैजाने रास्ट्रिय स्तरले बिस्वो स्तरले बुलन्द आवाज उठाई अगाडी बढ्नुको लागि यो समिती निम्न-निम्न व्यक्तिहरु मिलि हामीले यो समिती गठन गरेका छौँ |
शान्तिका अग्र दुत गौतम बुद्ध जन्मिनु भएको देश हाम्रो नेपाल हो, यसको संदेश संसार भर पुर्याउने कर्तब्य कार्यभार हामी सबै नेपालीको हो, यसलाई मध्य नजर राखेर यस इजरायलमा पनि प्रचार-प्रसार विस्तार गर्नु उद्देस्य बोकी योजना सहित यो कार्य समिती गठन गरिएको छ,
आशा छ हामी नेपालीबाट, सम्पूर्ण रास्ट्रबाट हामीलाई हैसेमा होसले अवस्य मिल्नेछ, धन्यबाद !
संगम सरणाम गछ्यामी ! बुद्द्म सरनम गछ्यामी ! ३
‎(लुम्बिनी-कपिलवस्तु दिवस अभियान) इजरायल रास्ट्रिय समिती"

कार्य समितिका संयोजकहरु


१, मूल संयोजक ;मिना "बान्तवा" राई,
२,संयोजक ; जमुना तमांग " योन्जन "
३,संयोजक ; नेहा साईराम " गुरुङ "
४,संयोजक ;काजोल धिमिरे " नानू "
५,संयोजक ;सिंखडा सुर्य
६,संयोजक ;तेन्जिंग सेर्पा
७,संयोजक ;साबि पाठक
८,संयोजक ; सीता सापकोटा
९,संयोजक ; भगवती बस्नेत
१०,संयोजक ;विजय बान्तवा [बिजे "बिद्रोही"]
११,संयोजक ;कविता शर्मा (घिमिरे)
१२ संयोजक;लिला लिम्बु
१३ ,संयोजक ; नीतु खतिवडा (बिमला)
१४ ,संयोजक ;लक्ष्मी पोख्रेल
१५ ,संयोजक ;उर्मिला लामा
१६ ,संयोजक ;सुचित्रा खनियाँ
१७,संयोजक ;मञ्जु खड्का

संयोजक ; सल्लहकारहरु
------------------------
१८,सल्लहकार;पुष्प श्रेष्ठ
१९,सल्लहकार;कृष्ण ज्ञवाली
२०,सल्लहकार;दिपेन्द्र थापा
२१,सल्लहकार;कृष्ण निरौला
२२, सल्लहकार;अम्बिका छेत्री
२३,सल्लहकार;खगेन्द्र सुबेदी
२४,सल्लहकार;कृष्ण राय माझी
२५,सल्लहकार;अनिता लामा,
-----------------------------
लेखक- मिना बान्तवा "मृदु"

लघुकथा









याचना

उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो ।

वाल्यकालमा होस या किशोरावस्थामा होस उसको कहिल्यै केही पनि डिमाण्ड थिएन । यस्तो भए खान्छु । उस्तो भए खाँदिन कहिल्यै पनि भनेन । जे दियो त्यसैलाई खुशी मानेर खाइदियो । रमाइलो मानेर लाइदियो । यस्तै यस्तै चर्चा सुनिन्थे उसका वारेमा ।

ऊ ठूलै भए पछि घरमा अंश वण्डा भयो । दाजुहरूले भए भरको राम्रो राम्रो जग्गा जमीन आ –आफ्नो नाममा पार्दा मात्र होइन आमाको मुत्यु पछि बाबुले कान्छी आमा भित्र्याए । वचेखुचेको सम्पति कान्छी आमाले दावी गर्दा पनि उसले कुनै गुनासो गरेन ।

अरु के डी भी परेर अमेरिका गएको अति मिल्ने साथीले तँलाई केही चाँहिन्छ कि भन, भन्दा समेत उसले केही चाँहिदैन भन्यो ।

अपुताली परेको आफ्नै कान्छा बाउको सम्पति पनि उसले खान मानेन । अरुको लिनु कहाँ हो कहाँ उसले आफूसंग भएको सवै सम्पति गरिव गुरुवालाई वाँडिदियो । भएको एउटा घर पनि विध्यालयको नाममा गरिदियो । ऊ दानी कहलियो । उसको त्यस्तो व्यबहार देखेर आफन्त तथा छरछिमेकीहरू चकित भए । कस्तो कुनै कुराको पनि मोह नभएको मानिस रहेछ भने । कतिले त जीवनको मोह नवुझ्ने कस्तो लठ्ठक रहेछ भन्न पनि पछि परेनन ।

तर आज अचम्म भएको छ । ऊ दुई हात पसारेर केही मागिरहेको छ । सवैसंग याचना गरिरहेको छ । तर उसको याचना कुनै भौतिक सम्पति प्राप्तिको लागि भने थिएन । उसले त आफू उभिएको एक पाइला माटो मागिरहेको थियो । किन भने उस्ले टेकेको माटो विखण्डित गर्ने प्रपंच भैरहेको थियो ।
॥ इति ॥



- केशु बिरही



- तेह्रथुम



Next page
Blog Widget by LinkWithin